Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - निर्वाचन क्षेत्र बदल्ने मेरो विशेषता नै हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता बनेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले फेसबुकमा एक भिडियो राख्दै निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता बनेको बताएका हुन् । २०७४ सालमा चितवन ३ बाट लडेका प्रचण्डले आगामी निर्वाचनका लागि गोरखा २ मा उम्मेदवारी दिएपछि यस्तो बताए।

भिडियोमा भनेका छन्, ‘मैले अध्यापन गरेको जिल्ला पनि हो । मैले राजनीतिको मुख्य क्षेत्र गोरखालाई नै बनाएको थिएँ । म गोरखा जाँदा त्यहाँको विकास निर्माणलाई राम्रो गर्छु भनेरमात्रै म गोरखा गएको हो ।’

चितवनका सबै जनप्रतिनिधिले आफूलाई जिताउने प्रतिबद्धता जाहेर गरेको प्रचण्डले दोहोर्‍याए ।उनले अब गोरखा २ मा देश र अन्तर्राष्ट्रिय शक्तिहरुको ध्यान केन्द्रित हुने बताए ।

पक्ष र विपक्ष विभिन्न टीकाटिप्पणी हुने भएकाले एकताबद्ध भएर प्रतिवाद गर्न उनले गठबन्धन दलका नेताहरुलाई निर्देशन पनि दिए । प्रचण्डले निर्वाचन स्वच्छ र भयरहित बनाउन आह्वानसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077