Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

होटल क्राउन प्लाजामा जलेर युवतीको शंकास्पद मृत्यु, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक युवतीको शंकास्पद मृत्यु भएको छ ।

क्राउन प्लाजामा भएको शंकास्पद आगलागीमा २३ वर्षीया एक युवतीको मृत्यु भएको हो। घटनामा संग्लन भएको आरोपमा २ जना प्रक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुलीका पदमकुमार क्षेष्ठ र जितपुर सिमराका केशव रिजाललाई प्रक्राउ गरिएको हो।

सँगै कोठामा रहेका २६ वर्षीय प्रेमी केशव रिजालले उनलाई उपचारका लागि अस्पताल लगेपनि उनको मृत्यु भएको थियो । प्रहरीका अनुसार युवतीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको छ ।

तर युवती आँफैले आगो लगाएकी हुन् कि अरु कसैले पेट्रोल छर्केर आगो लगाएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कसले पेट्रोल लिएर गयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077