Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुपन्देही - २ को निर्णय सच्याउन गठबन्धनले बुझायो आयोगलाई ज्ञापनपत्र

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर -२ को निर्णय सच्याउन निर्वाचन आयोगलाई गठबन्धनले ज्ञापनपत्र बुझाएको छ।

नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्चाउन र तालिका परिवर्तन गर्न गठबन्धनले निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाएको हो।

विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोग कतै राजनीतिक पूर्वाग्रह त होइन शंका लागेको छ।’

गुरुङविरुद्ध व्यक्तिगत उजुरी नपरेको गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। निर्वाचन आयोग कुनै संसदीय सुनुवाई समिति नभएको गठबन्धनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077