Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिमिया जोड्ने पुल विस्फोटमा संलग्न भएको आरोपमा ८ जना पक्राउ

एजेन्सी । क्रिमियालाई रुससँग जोड्ने पक्की पुलमा गत शनिबार विस्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा ८ जनाजना पक्राउ परेका छन् ।

सन् २०१४ मा रुसले युक्रेनको क्रिमियालाई आफ्नोमा गाभेको थियो ।

क्रिमियालाई जोड्नेगरी सन् २०१८ मा निर्माण सम्पन्न भई राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन गरेको उक्त पुलबाटै रुसले आफ्ना प्रमुख व्यापारिक गतिविधि सञ्चालन गर्दै आएको थियो ।

तर, विस्फोटक पदार्थ राखिएको ट्रक पुलमा विस्फोट गराइएपछि रुसको व्यापारिक गतिविधिमा धक्का लागेको छ । यसअघि रुसी प्रमुख सुरक्षा निकाय एफएसबीले घटनाका पछाडि किभको हात रहेको आरोप लगाएको थियो ।

बुधबार एफएसबीले उक्त घटनामा संलग्न भएको दाबी गर्दै ५ जना रुसी तथा ३ जना युक्रेनी र अर्मेनियाली नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077