Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युवा व्यवसायी श्रवण कुमारलाई रिक्रियसन इन्टरप्रिनियर अवार्ड

काठमाडौं । नेपालका युवा व्यवसायी श्रवण कुमार कुँवरले दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’मा रिक्रियसन आन्टरप्रिनियर अवार्ड जितेका छन् ।

मुलुक र मुलुक बाहिर बसेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’मा रिक्रियसन आन्टरप्रिनियर विधा कुँवरले प्राप्त गरेका हुन् ।

कुँवर होटल तथा रेष्टुरेन्ट व्यवसायी हुन् । कुँवर मनोरञ्जन तथा रेष्टुरेन्ट व्यापारमा सफल व्यवसायीको रुपमा चिनिन्छन् । सिजन मिडिया प्रालिले प्रदान गर्दै आएको ‘प्रोफेशनल अवार्ड’ नेपालका कुँवर सहित एशियन मुलुकका ३४ जनाले जितेका छन् ।

सिजन मिडियाको १४ औं स्थापना दिवसमा प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर अमेरिकी नागरिक डा.रोबेट किट्टेल, पूर्वमन्त्री एकनाथ ढकाल र युएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाले अवार्ड हस्तान्तरण गरेका हुन् ।

काभ्रेमा जन्मे हुर्केका कुँवर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं छिरेका हुन् । कुँवरले ७ सय रुपैयाँमा दुनोट पसलमा काम शुरु गरेका थिए । अहिले उनले आफ्नै लगानीमा राजधानीमा ४ वटा रेष्टुरेन्ट तथा रात्रिकालीन क्लब सन्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077