Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आचारसंहिताविपरीत मत सर्वेक्षण गरे कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावमा आचारसंहिताविपरीत मत सर्वेक्षण गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने जनाएको हो ।

निर्वाचन आयोगले आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको

मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।’

 

आचारसंहिताका व्यवस्थाविपरीत कोही कसैले कार्य गरेमा कानुनबमोजिम कारबाही हुने पनि आयोगले जनाएको छ ।

आचारसंहिताविपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको अनुगमनबाट पाइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077