Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एक किलो ३ सय ग्राम गाँजासहित परिभेष श्रेष्ठ पक्राउ

    एक किलो ३ सय ग्राम गाँजासहित परिभेष श्रेष्ठ पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 801
    SHARES

    पाल्पा । पाल्पामा गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तानसेन नगरपालिका-३ का १८ वर्षीय परिभेष श्रेष्ठ रहेका छन् ।



    श्रेष्ठले आफ्नै घरमा गाँजा लुकाएर राखेको सूचनाका आधारमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    श्रेष्ठको घरमा खानतलासी गर्दा आफू सुत्ने कोठामा एक किलो ३ सय ग्राम सुकेको गाँजा राखेको भेटिएको प्रहरीले जनाएको छ ।

    श्रेष्ठको बारेमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार