Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बैंकिङ कसुर मुद्दाका फरार भारतीय नागरिक शर्मा पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतको हरियाणा घर भइ हाल काठमाडौं महानगरपालिका-१२ भोटेबहाल बस्ने २२ वर्षीय शशि शर्मालाई सतुंगलबाट पक्राउ गरेको हो ।

शर्माले २५ लाख रुपैयाँ बैंकिङ कसुर गरेको आधारमा पाटन उच्च अदालतले गत भदौ ७ गते पक्राउ अनुमति दिएको थियो।

तर, उनी फरार भएका थिए। शर्मालाई  बिहिबार पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077