Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुर्खेतको वीरेन्द्रनगरबाट नक्कली चिकित्सक पक्राउ

सुर्खेत । प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक २२ वर्षीय डिलबहादुर महतारा रहेका छन् ।

प्रहरीका अनुसार वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी थिइन् । महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव दिएपछि उनि दाँत निकाल्न राजी भइन् ।

यद्यपि महताराले दुख्ने दाँतसहित अर्को दाँत पनि निकालिदिए । त्यसपछि महिलाले नक्कली डाक्टर भएको आशांकासहित प्रहरी कहाँ उजुरी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सोही उजुरीको आधारमा महतारालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा महताराले आफू चिकित्सक नभएको स्वीकार गरेको प्रहरीले जनाएको छ । महातारा जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077