Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्र हितमा काम नगर्ने परिपाटीले आज मुलुकले दुःख पायो : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश नै गफाडीहरुले बिगारेको बताए । शुक्रबार राजधानीमा आयोजित चार्टर्ड एकाउन्टेन्टको कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले ठूला ठूला गफ दिने तर व्यवहारमा कसैले पनि देश, समाज र राष्ट्र हितमा काम नगर्ने परिपाटीले मुलुकले दुःख भोगिरहेको बताए ।

उनले भने, ‘जीवनभर गफ दिने र उत्तरार्द्धमा देश छाडेर एउटा कुनामा गएर बसेर देश बन्दैन । देश बनाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट देश विकासका लागि, आर्थिक विकासका लागि के गर्न सकिन्छ सो गर्नुपर्छ ।’

मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन, प्रणालीको परिवर्तन भएपनि आर्थिक विकासमा परिवर्तन आउन नसकेको भन्दै डा।भट्टराईले अब सबैले आर्थिक परिवर्तनमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077