Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्रोत नखुलेको साढे १० लाखसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन् ।

५० वर्षीय मोहद् तसलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका तसलिमको झोला विमानस्थलको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत

नखुलेको तथा भन्सार उद्‌घोष नगरेको नेपाली रुपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला परेको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077