Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेको साधारण सदस्यसमेत नरहने गरी प्रभु साह निष्कासित

रौतहट । रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई नेकपा एमालेले कारबाही गरेको छ।

पार्टी विरोधी गतिविधि गरेको भन्दै साहलाई एमालेले पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गरेको हो ।

एमालेले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका सह-इन्चार्ज प्रभु साह, रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सह-इन्चार्ज कुन्दन कुस्वाहालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

स्वतन्त्र उम्मेदवारी दिएसँगै साहले एमालेमा नरहेको घोषणा गरिसकेका थिए। सत्तारूढ गठबन्धनले रौतहट-३ मा साहलाई समर्थन गर्ने भएको छ।

यस्तै एमालेको रौतहट जिल्ला कमिटी विघटन भएको छ। एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले शुक्रबार रौतहटमा त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077