Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मानुषीले सामाजिक सञ्जालबाटै चुनाव खर्च माग्दा बाबुरामको समेत चर्को विरोध

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसमा सदस्यमा उम्मेदवारी दिएकी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यामिले आर्थिक सहयोगका लागि आग्रह गरेकी छन् ।

राजनीतिलाई पेशा बनाउने र आर्थिक लाभ लिनेहरुले देशको विकास गर्न सक्दैनन् भन्ने आवाज उठिरहेका बेला मानुषीले भने सामाजिक सञ्जालबाटै आर्थिक सहयाेगका लागि आग्रह गरेकी हुन् । मानुषीले आर्थिक सहयोगको आग्रह गरेपछि चुनावका लागि खर्च जुटाउन समेत नसक्नेले देशको विकास कसरी गर्न सक्छन् ? भन्ने प्रश्न उब्जिएको छ ।

लोकतन्त्र र विधिको शासनलाई ठीक तरिकाबाट कार्यान्वयन गर्नु, तीव्र गतिमा अर्थतन्त्रको विकास र न्यायोचित वितरण साथै विकास र समृद्धिको यात्रालाई फराकिलो बनाएर आम नागरिकलाई प्रत्यक्ष लाभ दिलाउनु नै आफ्नो प्रमुख उद्देश्य भएको बताएकी उनले आर्थिक सहयोगको अभियानमा सहभागिताका लागि आग्रह गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा क्यूआर कोड र ग्लोबल आईएमई बैंकको खाता नम्बर नै राखेर उनले सहयोगका लागि आग्रह गरेकी छन् ।

मानुषीले गरेको सो आग्रहलाई उनका पिता बाबुराम भट्टराईले पनि शेयर गरेका छन् । जसबाट बाबुराम भट्टराईले पनि आर्थिक सहयोगका साथसाथै छोरीलाई निर्वाचनमा जिताउन आग्रह गरेको झल्किन्छ । अहिले सामाजिक सञ्जालहरुमा तत्कालिन नेकपा माओवादीका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेकपा समाजवादीका अध्यक्ष बाबुराम भट्टराइको समेत विरोध शुरु भइसकेको छ ।

१० वर्ष एकै ठाउँमा बसेर गृहयुद्ध सञ्चालन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि ठूलो आर्थिक घोटलाको आरोप लगाउँदै नयाँ शक्ति, जसपा हुँदै नेकपा समाजवादीसम्म आईपुगेका भट्टराई अहिले उनै प्रचण्डसँग मिलेर छोरीलाई चुनाव जिताउन लागि परेका छन् ।

चुनावको प्रचारप्रसारमा नै संसदमा उठान गर्ने विषय उल्लेख गरेकी मानुषाीले विद्यमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएकाले सदनमा उक्त विषयलाई उठान गर्ने जनाएकी हुन् । उनले निर्वाचनमा लाग्ने आधारभूत खर्चका लागि आर्थिक सहयोगको अपेक्षा सहित आफ्नो अभियानमा सहभागिताको लागि अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077