Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कार्यक्रममा बोल्दाबोल्दै माओवादी अध्यक्ष प्रचण्ड रोएपछि...

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आउनु माओ चिनकाङसाङ् फर्केजस्तै भएको बताएका छन्। शुक्रबार गोरखा सदरमुकाममा अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वारसमेत रहेका उनले आफू गोरखामा किन उम्मेदवार बन्न आएँ भन्नेबारेमा बोल्दाबोल्दै घुँक्कघुँक्क गर्न थाले।

माओत्सतुङ चिनियाँ कम्युनिस्ट आन्दोलनमा बिचलन आउँदै गर्दा एकपटक चिनकाङसाङ फर्केको घटना सुनाउँदै उनी घुँक्कघुँक्क गरिरहेका थिए। माओत्सेतुङ पुनः नयाँ आन्दोलनको ऊर्जा संगाल्न, नयाँ आन्दोलनको तागत बटुल्न चिनकाङसाङ पुगेको स्मरण गरे।

‘अहिले अन्तिम युद्ध लड्न त्यसैगरी गोरखा आएको हुँ,’ उनले भने। उनले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर नलुक्ने बताए। पुनः नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखा आएको उनले उद्घोष गरे।

माओ चिनकाङसाङ् फर्केजस्तै नयाँ इतिहास निर्माण गर्ने अवसर आएको र नयाँ शंकल्प, अनुरोध सहित शान्तिपूर्ण क्रान्तीको बाटो अघि बढ्नु आजको आवस्यकता रहेको अध्यक्ष दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077