Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पार्टी निर्माण र क्रान्तिकारी बीउ बचाउन गोरखा आएको हुँ : अध्यक्ष प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय नभएको बताएका छन् ।

माओवादी केन्द्र गोरखाले सदरमुकामस्थित पार्टी कार्यालयमा शुक्रबार आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले भने, 'म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो,यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणी मात्र हो ।'

उनले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको भन्दै चितवन पनि जीत सुनिश्चित भएको ठाउँ भएको बताए । उनले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077