Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • उत्तर कोरियाका १० वटा लडाकु विमान सीमा नजिक, दक्षिण कोरियाद्वारा अमेरिकी लडाकु विमान तैनाथ

    उत्तर कोरियाका १० वटा लडाकु विमान सीमा नजिक, दक्षिण कोरियाद्वारा अमेरिकी लडाकु विमान तैनाथ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 810
    SHARES

    एजेन्सी। उत्तर कोरिया र दक्षिण कोरियाको अवस्था विस्फोटक बन्दै गएको छ । उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार र लडाकु विमान प्रक्षेपण गरेपछि अब दक्षिण कोरिया पनि सक्रिय भएको छ । उत्तर कोरियाका १० वटा लडाकु विमान सीमा नजिक आएपछि दक्षिण कोरियाले पनि आफ्ना लडाकु विमान पठाएको थियो ।

    यसैबीच उत्तर कोरियाले जवाफमा मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको लगातार क्षेप्यास्त्र परीक्षण र लडाकु विमान पठाउने कारण कोरियाली प्रायद्वीपमा  निकै तनाव बढेर विस्फोटक बन्दै गएको छ । यसैबीच, विज्ञहरूले उत्तर कोरियाली नेता ह किम जोङ उनले फेरि परमाणु बमको परीक्षण गर्न सक्ने आशंका गरेका छन्। उनीहरू पहेँलो सागरमा १२ किलोमिटरको दूरीमा उडिरहेका थिए। घटना बिहीबार र शुक्रबारको बीचमा भएको उनले बताए ।



    विमानहरू अन्तर-कोरियाली सीमाको पूर्वी भागमा भेटिएको बताइएको छ। दक्षिण कोरियाले उत्तर कोरियालाई उचित जवाफ दिन सबैभन्दा घातक अमेरिकी एफ–३५ लडाकु विमान पठाएको बताएको थियो । जसका कारण यहाँ तनाव निकै बढेको छ ।



    उत्तर कोरियाले यस वर्ष लगातार नयाँ मिसाइल परीक्षण गर्दै आएको छ । उत्तर कोरियाले अमेरिका, जापान र दक्षिण कोरियालाई धम्की दिइरहेको छ। विश्लेषकहरू  उत्तर कोरियाले आफ्नो विरुद्ध लगाइएको प्रतिबन्ध हटाउन त्यस्ता विनाशकारी हतियारको परीक्षण गरिरहेको दाबी गर्छन्।

    आगामी २०–२५ दिनमा उत्तर कोरियाले परमाणु बम परीक्षण गर्ने तयारी गरिरहेको पनि अनुमान गरिएको छ । उत्तर कोरियाको नजर अमेरिकामा हुने मध्यावधि चुनावमा छ । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले उत्तर कोरियाले बढाएको तनावको निन्दा गर्दै यो द्विपक्षीय सैन्य सन्धिको उल्लङ्घन भएको बताएको छ ।

    यसअघि किम जोङ उनले रणनीतिक आणविक बमलाई प्राथमिकता दिने घोषणा गरेका थिए । उत्तर कोरियाले हालै दक्षिण कोरियाको विमानस्थलमा सामरिक आणविक बम खसाल्ने अभ्यास गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार