Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आयोगलाई दाहालको जवाफ - उम्मेदवारी दर्ता गर्न जाँदा कसले बाजा बजायो मलाई थाहा छैन

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उम्मेदवारी दर्ता गर्न जाँदा बाजा नबजाएको बताएका छन् ।

गोरखामा गठबन्धन दलका अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले आफ्नो योजना अनुसार उम्मेदवारी दर्ता गर्न जाँदा बाजा नबजाएको भन्दै निर्वाचन आयोगमा स्पष्टीकरण पेस गरेका छन् ।

दाहालले भने,‘अस्ति कसले बाजा बाजाएछ, मलाई थाहा पनि छैन, बाजा कहाँबाट आयो, कसले लिएर आयो, आयोगले स्पष्टीकरण सोध्यो, मैले लिखित स्पष्टीकरण दिएर आएँ, मेरो योजनामा होइन भनेर ।’

आइतबार उम्मेदवारी दर्ताको लागि गोरखा निर्वाचन क्षेत्र नं २ को कार्यलय जाँदा बाजाको प्रयोग भएको भन्दै निर्वाचन आयोगले दाहाललाई स्पष्टीकरण सोधेको थियो ।

शुक्रबार गोरखा आएका दाहालले पालुङटार यारपोर्ट संचालनका लागि नागरिक उड्ययन प्राधिकरणसँग विमानस्थलको अवस्था बारे जानकारी लिएका थिए ।

यसैबीच नेता दाहालले आयोगलाई लक्षित गर्दै आहिले आफूलाई माइक्रोस्पकोले हेर्ने काम भएको पनि बताए । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रका अध्यक्ष दाहालले गोरखा निर्वाचन क्षेत्र नं २ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077