Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशमा जारी शेख रसेल कप चेसमा नेपालसंग पाकिस्तान पराजित

काठमाडौं । शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनसिपमा नेपालसंग पाकिस्तान पराजित भएको छ । बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कपमा नेपालले पाकिस्तानमाथि ३।५–०।५ को सानदार जित दर्ज गरेको हो।

शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफूभन्दा उच्च वरियताका पाकिस्तानी फिडेमास्टर करिम अमेरलाई पराजित गरे।

त्यसैगरी दोश्रो बोर्डमा खेलेका फिडेमास्टर विलमलाल श्रेष्ठले सोहिल जुनाईदमाथि सहज जित हात पारे। प्रतियोगितामा पहिलो खेल खेलेका राजेन्द्रप्रसाद श्रेष्ठले चौथो बोर्डमा

उच्च वरियताका मुहमद सहाजेवलाई हार चखाए भने तेश्रो बोर्डमा प्रतिस्पर्धा गरेका सिंगेश्वर दासले उच्च वरियताका फिडेमास्टर मुहमद वाकरलाई बराबरीमा रोक्न सफल रहे।

तीन राउण्डको समाप्तिपश्चात आयोजक बंगलादेश ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। त्यसैगरी समान चारचार अंक बनाएका नेपाल तथा श्रीलंका क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहेका छन्।

राउण्ड रोविन प्रणालीमा सञ्चालन भईरहेको च्याम्पियनसिपको पहिलो चरणको समाप्ति पश्चात शीर्ष ३ टोली सुपर लिगमा प्रवेश गर्नेछन्। च्याम्पियनसिप अन्तर्गत नेपालले आईतबार श्रीलंकाको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077