Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरीभित्र रोकिएन भ्रष्टाचार ,अख्तियारले १५ करोड बढीको खरिद सम्बन्धी फाइल झिकायो

काठमाडौं। नेपाल प्रहरीमा सुडान जस्तै डरलाग्दो भ्रष्टाचार काण्ड दोहोरिन सक्ने खतरा देखिएको छ। ।

प्रहरीभित्र सुधार भइरहेको दाबी गरिए पनि खरिदमा अनियमितता तथा सुन र हुन्डी काण्डले संगठनको बदनाम हुँदै आएको छ।

तर, पछिल्लो समय भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालैको एक खरिदसम्बन्धि सम्पूर्ण फाइल झिकाएर छानबिन अघि बढाएपछि प्रहरी प्रधान कार्यालयमा भुइचालो गएको छ छ ।

गत आर्थिक वर्षको अन्तिममा प्रहरीले ठेक्का टुक्राएर राजमान मिश्रको जेएमबिडी इन्टरनेशनल कम्पनीसँग १५ करोड बढीको  कोयर म्याट्रेस खरिद गरेको प्रकरणमा अख्तियारले पत्र काटेर छानविन थालेको वताइएको छ।

ठूलो सामान खरिद गर्दा प्रहरी प्रधान कार्यालयले नै टेण्डर गर्नुपर्ने भए पनि ठेक्का टुक्राएर मिश्रको कम्पनीसँग मात्र खरिद गरेको भेटिएपछि अख्तियारले छानविन थालेको वताइएको छ।

मिश्रको जेएमबिडी  इन्टरनेशनलले १० हजार पर्ने प्रति कोयर म्याट्रेसलाई १३ हजार दुई सय ७४ रुपैयाँको दररेट पेश गरेर ठेक्का हात पारेको थियो ।

त्यसैलाई न्यूनतम मानी सबै कार्यालयलाई म्याट्रेस खरिद गर्न भनेर १०–१० लाख रुपैयाँ बजेट पठाएर आर्थिक बर्षको अन्तिममा खरिद गरिएको थियो।

जुन प्रकरणमा आयोगको बैठकले नै निर्णय नै गरी छानविनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको स्रोतले वतायो।

यो प्रकरणमा  प्रहरीका आधा दर्जन हाकिमहरु फस्ने अवस्था देखिएको छ । जुन बिषयमा उच्च प्रहरी अधिकारीहरु मुख खोल्न चाँहदैनन्।

स्रोतका अनुसार निर्वाचन अघि नै यो प्रकरणलाई अख्तियारले किनारा लगाउन छानविनलाई तिब्रता दिन लागिएको छ।

निर्वाचनको मुखमा प्रहरीमा चार एआईजी पद रिक्त हुन लागेको छ भने यही बेला ३० वर्षे हटाउन बिचौलिया समूह पनि सक्रिय छ । जे होस खरिदको घोटाला प्रकरणले प्रहरी संगठन नयाँ झमेलामा फस्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077