Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी टी-२० विश्वकप क्रिकेट आजबाट

काठमाडौं । आठौं संस्करणको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट अष्ट्रेलियामा शुरू हुँदैछ । भिक्टोरियामा आइतवार पहिलो राउण्ड अन्तर्गत समूह 'ए' का दुई खेल हुँदैछन् ।

उद्घाटन खेलमा नामिबिया र श्रीलंका खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ९स्४५ मा शुरू हुनेछ ।

आइतवार नै हुने दोस्रो खेलमा समूह 'ए' का यूएई र नेदरल्यान्ड्स खेल्दै छन् । जीएमएचबीए मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ ।

यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् ।

पहिलो चरणमा ४-४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077