Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • मन्त्रीबाटै आचारसंहिता उल्लंघन

    मन्त्रीबाटै आचारसंहिता उल्लंघन

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 570
    SHARES

    काठमाडौं । सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् ।

    प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन् ।



    तर, सरकारका झन्डै १४ मन्त्री अहिले मन्त्रालयका विभिन्न साधनस्रोत र गाडीको दुरुपयोग गर्दै आफ्नो चुनाव प्रचार र घरदैलो गरिरहेका छन् । केही मन्त्रीले त राहतका नाममा चामलसमेत वितरण गरेर निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् ।



    मन्त्रीहरूले मन्त्रालयबाट जिल्लामा जाँदा त्यसको जानकारी अनिवार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गराउनुपर्छ । जिल्ला भ्रमण गर्दा प्रधानमन्त्री कार्यालयबाट भ्रमण स्वीकृतसमेत गराउनुपर्छ तर अधिकांश मन्त्री जिल्ला भ्रमणमा रहे पनि कसैले पनि भ्रमण स्वीकृत नगराएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

    सो कार्यालयका अनुसार हाल चुनाव क्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलगायत जिल्लामा रहेका छन् । उनीहरू धेरै दिनदेखि जिल्लामा छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार