Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • प्रभु साहसहित ९ उम्मेदवारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

    प्रभु साहसहित ९ उम्मेदवारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 699
    SHARES

    काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदैछ । अधिवक्ता अनिल आचार्यले ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेशी तोकिएको हो ।

    अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै बिहीबार रिट दर्ता गरेका थिए ।



    सुनसरी–३ का कांग्रेस उम्मेदवार गच्छदार र तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशी भ्रष्ट्रचार मुद्दा खेपिरहेका छन् । त्यस्तै चितवन–३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेविरुद्ध पनि भ्रष्टचार मुद्दा रहेको, सिन्धुपाल्चोक १ ‘क’ बाट उम्मेदवार रहेका डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेका, महोत्तरी १ कि उम्मेदवार लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको हत्या मुछिएको रिटमा उल्लेख गरिएको छ ।



    त्यस्तै रौतहट-३ का उम्मेदवार प्रभु साह वीरगञ्जका काशी तिवारी हत्यामा जोडिएको र उनको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिएको पनि रिटमा उल्लेख छ ।

    त्यस्तै सरिता गिरिले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे विवादित अभिव्यक्ति दिएको र झापा ५ ‘ख’का उम्मेदवार रेवतराज पुरी सरकारी जग्गा खाएको मुद्दा खेपिरहेका रिट निवेदक आचार्यले उल्लेख गरेका छन् ।

    उनले प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १२ मा रहेको उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा रहेको छिद्रका कारण उम्मेदवारी दर्ता गरे पनि उनीहरु स्वच्छ छविका नभएको उल्लेख गरेका छन् । कानुनले स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाउने परिकल्पना गरे पनि ऐनको प्रावधानले विभिन्न मुद्दाका आरोपित पनि उम्मेदवार बन्न छुट दिएको भन्दै रिटमा संशोधनको माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार