Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आम जनता पार्टीले बनायो ‘आईटी आर्मी’, रौतहटमा सात दिने तालिम जारी

    आम जनता पार्टीले बनायो ‘आईटी आर्मी’, रौतहटमा सात दिने तालिम जारी

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 489
    SHARES

    काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले छुट्टै अर्धसैनिक बल ‘आईटी आर्मी’ निर्माण गरेको छ ।

    आम जनता पार्टीको स्थापना दिवसका अवसरमा यही पुस १४ गते आयोजित आईटी आर्मीको राष्ट्रिय भेलासहित सुरु भएको हो । सैनिक तालिम अहिले निरन्तर चलिरहेको बताइएको छ ।



    सात दिन चल्ने उक्त तालिममा युवाहरु सहभागी छन्। रौतहटको मौलापुरमा जारी उक्त तालिममा आईटीसम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्याससम्म भइरहेको छ ।



    वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण गरिएको दाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार