Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेसले हँसिया-हथौडामा भोट हाल्न डराउनु पर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसले हँसिया-हथौडा र माओवादीले रुखमा भोट हाल्न डराउन नहुने बताएका छन्।

आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘रुखले हँसिया-हथौडामा हाल्ने हँसिया-हथौडाले रुखमा कसरी भोट हाल्ने भन्ने गरेको सुन्छु। २०४६ सालदेखिनै संयुक्त भोट हाल्न सुरु गरेका हौं।'

माधवजी र गिरिजाबाबुकै कारण १२ बुँदे समझदारी भएको उनको भनाइ छ। प्रचण्डले गठबन्धनका उम्मेदवारलाई बहुमतसहित विजयी बनाउन आह्वान गरे।

काठमाडौं क्षेत्र नम्बर २ ले इतिहास बनाउँदै आएको भन्दै प्रचण्डले ओनसरीसहित गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे। राजनीतिक परिवर्तनलाई दीगो बनाउन समृद्धिका योजना ल्याइने प्रचण्डले प्रतिवद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077