Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

केपी ओली विभिन्न जालझेल गरेर नेतृत्वमा पुगेका हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेका अध्यक्ष केपी शर्मा ओली जालझेल गरेर नेतृत्वमा पुगेको बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, 'अहिले विभिन्न खालका तिक्डम गरेर आएका कोही नेताहरु एमालेका नेता थिएनन्। ति नेता भएको भए सायद १२ बुँदे समझदारी र संघीय लोकतन्त्रसम्म आउन दिँदैन थिए।'

माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने बताएका छन्।

उनले यदि ओली नेतृत्वमा भएको भए माओवादीसँग भएको १२ बुँदे सम्झौता पनि हुन नसक्ने दाबी गरे। अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका बेला सात दलको नेता माधवकुमार नेपाल रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077