Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लागुऔषधसहित दुईजना लमजुङबाट पक्राउ

    लागुऔषधसहित दुईजना लमजुङबाट पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 831
    SHARES

    लमजुङ । लमजुङमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

    जिल्लाको बेँसीसहर नगरपालिका ८ बस्ने वर्ष २२ का दिपेन गुरुङ र सोही स्थान बस्ने वर्ष ३० का तेज गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।



    उनीहरूलाई आइतबार बेँसीसहर-८ शेराबाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट डाइजेपाम एम्पुल २९, फेनरगन पिडिकेएन २९, नुफिन एम्पुल २९, कालो रंगको ब्ल्याक बेरी मोबाइल १ थान र कालो रंगको नोकिया लेखिएको मोबाइल १ थान बरामद गरेको लमजुङ प्रहरीले जनाएको छ ।



    उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार