Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतीय कंग्रेसको अध्यक्ष चुन्न आज चुनाव, दुई दशकपछि गान्धी परिवार बाहिरिने पक्का

एजेन्सी । भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्ष चुन्नका लागि आज मतदान हुँदैछ । भारतको पुरानो राजनीतिक पार्टी कंग्रेसले २२ वर्षपछि चुनावबाट पार्टी अध्यक्ष छान्न लागेको हो ।

कंग्रेसको अध्यक्ष बन्नका लागि मालिकार्जुन खार्गे र शशि थरूर चुनावी मैदानमा छन्। टाइम्स अफ इन्डियाका अनुसार अध्यक्षको दौडमा ८० वर्षका खार्गे थरूरभन्दा अघि देखिएका छन्।

कर्नाटका राज्यबाट माथिल्लो सदन राज्यसभा सांसद छन्। केरलाबाट लोकसभा सदस्य रहेका ६६ वर्षीय थरूरले पनि आफूले चुनाव जित्ने दाबी गरेका छन्।

खार्गे र थरूरमध्ये एक जनालाई अध्यक्ष चुन्न पार्टीका प्रतिनिधिहरूले केन्द्रीय कार्यालयसहित विभिन्न प्रदेशमा रहेका ६७ वटा मतदान केन्द्रबाट मत हाल्नेछन्।

आज मतदान भएसँगै २२ वर्षसम्म गान्धी परिवारमा रहेको कांग्रेसको नेतृत्व अब गान्धी परिवारबाट बाहिर जाने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077