Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कटुवा पेस्तोलसहित एकजना पक्राउ

धनुषा । धनुषामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

जिल्लाको सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट कटुवा पेस्तोल एक थान सहित सिरहा गोलबजार नगरपालिका७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागरठाकुरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र२०१००२ प३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरले प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोला सहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

तलासी गर्दा उनको झोलाभित्र उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077