Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जन्मकैद सजाय तोकिएका राना १२ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको सजाय सुनाएका अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीले दाङको घोराही उपमहानगरपालिका-१९ का प्रेमबहादुर रानालाई करिब १२ वर्षपछि भक्तपुरबाट पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाए पनि त्यसयता फरार रहेका रानालाई शनिबार महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

रानाले दाजु नाता लाग्ने छिमेकी ३२ वर्षीय सूर्यबहादुर रानाको हत्या गरेका थिए । उनलाई दाङ‚ देउखुरीस्थित जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

पक्राउ परेका रानालाई आइतबारै कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको महानगरीय प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077