Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वर्किङ भिसामा रुस पठाइदिने भन्दै ४० लाख ठगी, एक महिला पक्राउ

काठमाडौं । रुस पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलो बस्ने ४८ वर्षकी तुलसा भण्डारी रहेकी छन् ।

भण्डारीले वर्किङ भिषामा रुस पठाइदिन्छु, रसिया पुगेपछि प्रतिष्ठित सुपरमार्केटमा काम लगाइदिन्छु, मासिक तीन लाखसम्म तलब हुन्छ भन्ने विश्वास दिलाई ४० लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी थिइन् ।

भण्डारीले ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भण्डारीलाई सोमबार घट्टेकुलोबाट पक्राउ गरेको हो ।

भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077