Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उम्मेदवारी धेरै ठाउँमा दिनुभन्दा जित्नु ठूलो कुरा हो : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले उम्मेदवारी धेरै ठाउँमा दिनुभन्दा जित्नु ठूलो कुरा भएको बताएका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी महतले धेरै ठाउँमा जित्ने गरी कांग्रेस नेतृत्वको गठबन्धन अगाडि बढेको बताएका हुन् ।

उनले भने– ‘गठबन्धनका कारण पार्टीमा ठूलो योगदान गरेका नेताहरुलाई पनि उम्मेदवार बनाउन सकिएन । तर हामीले धेरै सिटमा उम्मेदवारी दिने भन्दा पनि जित्नुपर्छ भन्ने हाम्रो धारणा हो। गठबन्धनका सबै दलहरू लाग्नुपर्छ।’

सबै क्षेत्रमा पार्टीका उम्मेदवार नहुँदा पनि मतदाता परिचालन गर्न आफूहरू सफल हुने उनको भनाइ छ । गठबन्धनका उम्मेदवारलाई जिताएर कांग्रेस नेतृत्वको सरकार बनाउने लक्ष्य रहेको बताए ।

उदारताको साथ सीट बाँडफाँट गर्दा पनि सत्ता गठबन्धनबाट बाहिरिएको जसपाको जनताबाट मूल्यांकन हुने महतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077