Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आधा दर्जन प्रहरी घाइते

    अनुसन्धानको नाउँमा यातना : प्रहरीको कुटाईबाट महिला घाइते, ईलाका प्रहरी कार्यालय घेराउ

    अनुसन्धानको नाउँमा यातना : प्रहरीको कुटाईबाट महिला घाइते, ईलाका प्रहरी कार्यालय घेराउ

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 1.2K
    SHARES

    सिरहा । सिरहाको मिर्चैयामा आक्रोशित स्थानीयहरुले नाराजुलुल सहित पूर्व–पश्चिम राजमार्गमा चक्का जाम गरेका छन् ।

    मिर्चैया नगरपालिका वडा नम्वर १ रामपुरविर्ताकी ६२ वर्षीया गुबदी देवी साह हलुवाईको हत्याको अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको उनकै बुहारी जिवछी देवी साहलाई प्रहरीले कुटपीट गरेको विरोधमा आक्रोशित स्थानीयहरुले चक्का जाम गरेको हो ।



    आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कार्वाहीको माँग गर्दै ईलाका प्रहरी मिर्चैया घेराउगरी नारा बाजि गरेका छन् । प्रहरीले चक्का जाम खोलाउन दर्जनौं राउण्ड असुरग्यास प्रहार गरेको हो ।



    आन्दोलकारीलाई नियन्त्रणमा लिन खोज्दाँ आधादर्जन प्रहरी घाइते भएका छन् । एकजना प्रहरीको टाउको फूटेको छ, भने अन्य प्रहरीहरु सामान्य घाइते भएको छन् । उनीरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरी ओलीले जानकारी दिए ।

    मिर्चैया नगरपालिका वडा नम्वर १ रामपुरविर्ताकी ६२ वर्षीय गुबदी देवी साह हलुईको शव यहि असोज १५ गते कर्जन्हा नगरपालिका वडा नम्वर ११ भलुखोलाको छेउको उखु घारीमा भेटीएको थियो ।

    अघिल्लै दिन खेत रुङ्न गएकी गुबदी नफर्केपछि भोलीपल्ट बुहारी जीवछी र उनकी छोरी (आमाजु दिदी) ललिता खोज्न जाँदा आफ्नै खेत नजीकैको उखुवारिमा लाश भेटिएको थियो। ललिताको घर पनि प्रयागपुरमै भएकाले छोरीकैमा राती बस्योहोला भन्ने सोचेर भोलीपल्ट विहान ललितालाई फोनगरी बुझ्दा नआएको भनेपछि जीवछी र ललिता खोज्न गएको बताइएको छ।

    घटनाको अनुसन्धानको क्रममा मृतकी बुहारी जिवछी देवी साहलाई शुक्रबार ईलाका प्रहरी कार्यालय मिर्चैया ल्याईएकको थियोे । ईलाका प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिलालाई अनैतिक तरिकाले कुटपीट गरेको आरोप लगाएको छ ।

    जीबछिले लगेकै राति देखि पाईपले कुट्ने, कपाल झ्यालमा बाँधेर पैतालामा पाईपले हानेको बताए । उनले भने, ‘पाईपले मुखमा हानेर स्टिच गर्नु पर्ने अवस्थामा पुर्याए, पाईले कति हाने त्यसको गन्ति नै छैन’ उनले भनिन् ।

    उनको शरिरको विभिन्न भागमा पाईप तथा लाठिले कुटपीट गरेको नीलडाम अझै दिखिएको स्थानीय गंगाराम साहले बताए ।

    प्रहरीले अनुसन्धानको नाममा यसरी महिलालाई अमानविय तरिकाले कुटपीट गर्न पाइन्छ ? साहले यसरी महिलालाई थुतुना, अनुहा र शरिरको विभिन्न भागमा अझै निलडाम देखिनेगरी कुटपीट गर्ने प्रहरी अधिकारीमाथि कार्वाही हुनु पर्छ ।’

    यता डीएसपी ओलीले अनुसन्धानको क्रममा ल्याएको र सोधपुछपछि आइतबार छोडेपनि सोमबार विहान हुलसहित प्रहरी कार्यालय घेराहाल्न आएको बताए । उनले सो क्रममा भिड नियन्त्रण गर्न केहीसेल असुरग्यास प्रहार भएको बताए ।

    सडक खुलेपछि स्थानीय र प्रहरी प्रशासनविच बार्ता भईरहेको स्थानीय रामनारायण ठाकुरले जानकारी दिए । घटनाको छानविन गर्न समिति गठन गर्नुपर्ने उनीहरुको माग गरेको छ ।

    सोहि विषयमा छलफल भईरहेको छ । प्रहरीको कुटाईबाट घाइते भएको महिलाको हाल प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयामा उपचार भईरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार