Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • रौतहटको प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप, ६ जना प्रहरी घाइते

    रौतहटको प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप, ६ जना प्रहरी घाइते

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं। रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप हुँदा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् ।

    झडपका क्रममा प्रहरी निरीक्षक वीरेन्द्र पासवानसहित ६ प्रहरी घाइते भएका हुन्।



    मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।



    झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।

    गोलीको छर्रा भिडमा पुग्दा घाइते भएका गरुडा-५ का गजेन्द्र साहको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार