Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनका लागि तरूण दलले खटायो केन्द्रीय प्रतिनिधि, को कहाँ खटिए ?

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

तरुण दलले कांग्रेसलगायत गठबन्धन दलका उमेदवारलाई विजयी गराउन सबै संघीय निर्वाचन क्षेत्रमा तरुणहरूलाई परिचालन गर्न तथा क्रियाशील बनाउने निर्णयानुसार केन्द्रीय प्रतिनिधि खटाएको अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूलाई आफूलाई खटाइएको निर्वाचन क्षेत्रमा तत्काल गई तोकिएको कार्य सुरु गर्न र निर्वाचन सम्पन्नपछि कार्यविवरण प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ मा उमेश गुरूङ, २ मा दिनेशविक्रम शाह, ३ मा कृष्णजी खड्का, ४ मा सरिन घिमिरे, ५ मा पवित्रा पोखरेल, ६ मा रत्न महर्जन, ७ मा मनिष डंगोल, ८ मा शान्ति रिजाल, ९ मा विवेक श्रेष्ठ र १० मा विकास बस्नेतलाई केन्द्रीय प्रतिनिधि तोकिएको हो।

को कहाँ खटिए ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077