Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशमा नोरा फतेहीको ‘डान्स सो’माथि प्रतिबन्ध, कार्यक्रम रद्द

एजेन्सी । बंगलादेश सरकारले राजधानी ढाकामा हुने बलिउड अभिनेत्री नोरा फतेहीको डान्स शो रद्द गरेको छ ।

बंगलादेशको सांस्कृतिक मामिला मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

यस सूचनाका अनुसार नोरा फतेहीलाई ‘विश्वव्यापी अवस्थालाई ध्यानमा राख्दै र विदेशी मुद्रा सञ्चिति कायम गर्ने उद्देश्यले’ अनुमति दिइएन ।

नोरा फतेही ढाकामा भएको महिला नेतृत्व सहयोग कार्यक्रममा नाच्ने भएकी थिइन् । बंगलादेशको केन्द्रीय बैंकले डलर भुक्तानीमा कडा निर्देशन दिएको भन्दै विदेशी मुद्रा सञ्चिति कायम राख्ने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।

विश्वका धेरै देशहरू जस्तै बंगलादेशको अर्थतन्त्र पनि मन्दीबाट गुज्रिरहेको छ र विदेशी विनिमय सञ्चिति गत वर्षसम्म ४६ अर्ब १३ करोड डलरको तुलनामा ३६ अर्ब ३३ करोड डलरमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077