Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गुण्डा नाइके राधे भण्डारी पक्राउ

धादिङ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले ‘राधे’ भनिने राधाकृष्ण भण्डारीलाई पक्राउ गरेको छ ।

तरुण दल धादिङका उपसभापतिसमेत रहेका गुण्डा नाइके राधेलाई धादिङको बीच बजारमा बुधबार दिउँसो भीम गुरुङमाथि तरबार हमला गरेपछि पक्राउ गरिएको हो ।

यसअघि पनि राधेलाई प्रहरीले नक्कली नोट, लागुऔषध र हातहतियारसहित पटकपटक पक्राउ गरेको थियो ।

राधेले भीममाथि किन तरबार हाने भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गुरुङको दयाँ हातमा गम्भिर चोट लागेको छ । घाइते उनलाई जिल्ला अस्पतालमा सामान्य उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077