Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनका ऊर्जा केन्द्रमा रुसी आक्रमण, अधिकांश भागमा पानी र बिजुली आपूर्ति ठप्प

एजेन्सी । रुसी सेनाले युक्रेनका ऊर्जा केन्द्रलाई निसाना बनाएर आक्रमण तीव्र बनाएको छ ।

रुसी फौजले पुनः युक्रेनका ऊर्जा निकायहरू लक्षित आक्रमण गरेपछि राजधानी किभका केही भागलगायत अन्य थुप्रै सहरमा पानी र विद्युत्को आपूर्ति रोकिएको छ ।

पछिल्ला केही दिनदेखि रुसले विद्युत् गृह, सबस्टेशन, प्रसारण लाइन, थर्मल प्लान्ट लगायतलाई लक्षित गरेर आक्रमण गरिरहेको युक्रेनका राष्ट्रपतिको कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले बताए ।

अहिले राजधानी किभ र अन्य थुप्रै सहरमा बिजुली र खानेपानीको अभाव रहेको खबरमा उल्लेख छ ।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पछिल्ला आठ दिनमा देशका ३० वटा ऊर्जा केन्द्रमा आक्रमण भएको र अवस्था नाजुक रहेको बताए । उनले नागरिकलाई ऊर्जाको खपत निकै कम गर्न र पानी बचाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077