Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मन्त्रीहरूलाई आयोगको निर्देशन - निर्वाचन क्षेत्रमा जाँदा सरकारी गाडी प्रयोग नगर्नु

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि निर्वाचन क्षेत्रमा जाँदा सरकारी गाडी प्रयोग नगर्न मन्त्रीहरूलाई निर्देशन दिएको छ ।

आयोगले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न जाँदा सरकारी गाडी नलैजान मन्त्रीहरूलाई बुधवार निर्देशन दिएको हो ।

आयोगले निर्देशनमा भनेको छ,‘सरकारी कामको सिलसिलामा यात्रा गर्दा बाहेक निर्वाचन प्रचार प्रसारको लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जाँदा समेत सरकारी साधन स्रोतको उपयोग नगर्ने ।’

लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वबाट सरकारी स्रोतसाधन उपयोग गरी निर्वाचन प्रचारप्रसार गर्ने कार्य भइरहेको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनमा स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नका लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077