Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुण्डीको ४१ लाख ९६ हजार रुपैयाँसहित दुई भारतीय पक्राउ

काठमाडौं । हुण्डीको ४१ लाख ९६ हजार रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलवार भारतको हरियणा प्रदेश घर भएका ३७ वर्षीय नवीन गोयाल र कपिलबस्तु कृष्णनगर घर भएका ४५ वर्षीय उमेश महेश्वरीलाई पक्राउ गरेको हो।

ढल्कोमा भारतीय नागरिक लिएको फ्ल्याटबाट ४१ लाख ९६ हजार रुपैयाँ फेला परेको उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।

स्रोत नखुलेको उक्त  रकम हुन्डी कारोबारमा प्रयोग भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077