Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्रोत नखुलेको २० लाखसहित दुईजना पक्राउ

धनुषा। धनुषामा स्रोत नखुलेको २० लाख रूपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको इनरूवा नगरपालिका ६ का २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले दुवै जनालाई नगदसहित पक्राउ गरेको हो ।

गएराति प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाइकलमा सवार युवामाथि धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरस्थित नहरचोकमा चेकजाँच गर्ने क्रममा कालो रंगको झोलाभित्र उक्त रकम बरामद भएको थियो ।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग काठमाडौं पठाउने तयारी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077