Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

रवीन्द्र मिश्रले भने - कमेडियन अपूर्वक्षितिजमाथि ज्यादती भयो, अति नगरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले स्ट्यान्डअप कमेडियन अपूर्वक्षितिज सिंहमाथि ज्यादती भएको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनीमाथि ज्यादती भएको र अति नगरौं भनेका हुन्। जाती विद्वेष फैलाउने, सद्भाव बिखण्डित पार्नेहरू नेता भएर हिँडेको पनि उनको भनाइ छ।

उनले लेखेका छन्, ‘अति नगरौं! जातीय भावनारसद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाति फुलाएर, नेता भएर हिँडेका छन्।

अपूर्व क्षितिजले माफी मागि सके। युट्युबबाट कमेडी हटाइसके, तैपनि उनीमाथि यो ज्यादती ! अति नगरौं। समाज यसरी विग्रियो भने त्यसको रापमा हामीरहाम्रै सन्तान खरानी हुनेछन्,अन्य कयौँ देशमा जस्तै।’

कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

सरकारी वकिल कार्यालयले बुधबार दायर गरिएको अभियोगपत्रमा जातीय भेदभाव गरेको, अपमानजनक वा अमानवीय व्यवहार गरिएको, सामाजिक रीतिथितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्तिमा खलल पु¥याएको समेत आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077