Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

समाजवादीका अध्यक्ष नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई निर्वाचन आयोगले पत्र काटेको छ ।

मतदाताहरुलाई झुटो आश्वासन दिएको आरोपमा रौतहट १ का तिनिधिसभा सदस्य उम्मेदवार माधवकुमार नेपाललाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले लेखेको पत्रमा भनिएको छ, 'उपर्युक्त सम्बन्धमा रौतहट जिल्लामा आयोजित कार्यक्रममा तपाईंले आफूले चुनाव जिते देशबाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको

भन्ने विषयको समाचार प्रकाशन भएको, तपाईंले बिना ढेउवा के भिसा मिलते हैं, टिकट मिलते हैं, काठमाडौं तालिम मिलते हैु भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको

सो श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा तपाईंको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई यो पत्र लेख्ने कार्य भएको छ।'

नेपालले रौतहटमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भएपछि बैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने आश्वासन दिएका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (४) को खण्ड (च) मा कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन पाइँदैन।

ऐनको दफा २० को उपदफा (४) उपदफा (१) को खण्ड (च) विपरीतको कार्य गर्ने व्यक्तिलाई १ लाख रूपैयाँसम्म जरीवाना वा र २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077