Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उम्मेदवारको खर्च सीमा कहाँसम्म ?

काठमाडौं । उम्मेदवारले निर्वाचनमा गर्ने खर्च सीमा तोकिएको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगले खर्च सीमा तोकेको हो ।

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा र क्षेत्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को प्रतिकूल नहुनेगरी उम्मेदवारले गर्न पाउने खर्च शीर्षक तोकेको हो ।

जसअनुसार उम्मेदवारले मतदाता नामावली खरिद, प्रचारप्रसार सामग्री, गोष्ठी अन्तर्क्रिया, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन, सवारीसाधन, ढुवानी र अन्य प्रचारप्रसारका शीर्षकमा आयोगले तय गरेको सीमाभित्र रहेर खर्च गर्न पाउनेछन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077