Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - अब पूर्वप्रधानमन्त्रीहरु संसदमा जान जरुरी छैन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अब पूर्वप्रधानमन्त्रीहरु संसदमा जान जरुरी नभएको बताएका छन् ।

राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीहरू सबै लर्को लागेर अब पनि संसदमा गइरहनुको औचित्य नहुने भएकोले आफूले चुनाव नलडेर त्याग गरेको र त्याग गर्ने व्यक्ति महान हुने पनि भट्टराईले बताए।

भट्टराईले त्याग गर्ने नेताका रूपमा गणेशमान सिंहको उदाहरण पेश गर्दै सिंहले प्रधानमन्त्रीको अफर स्वीकार नगरेको पनि बताए।

उनले भने, ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्न मैले चुनाव नलडेको हुँ। कांग्रेस,माओवादी,एकीकृत समाजवादीका नेताहरूलाई जानकारी गराएरै चुनाव नलडेको हुँ।’

नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि पनि आफूले चुनाव नलडेको उनको भनाइ छ। केही मान्छेहरुले यो पाँच वर्षमा  विकासको गति अगाडि बढेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077