Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

यो गठबन्धन संविधान रक्षार्थ र पवित्र उद्देश्यले बनेको हो : माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन पवित्र उद्देश्यले बनेकाले सबै एकजुट हुनुपर्ने बताएका छन् ।

पोखरामा भएको सत्तारुढ गठबन्धनको भेलामा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

उनले विपक्षी गठबन्धन जस्तो अप्राकृतिक तरिकाले यो गठबन्धन नबनेको बताए । यो गठबन्धन संविधान रक्षार्थ र प्राकृतिक र पवित्र भएको उद्देश्यका साथ बनेको हो ।

अध्यक्ष नेपालले भने, 'हाम्रो ध्यान सत्तामा पुग्ने मात्र होइन जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बताउन बनेको हो ।’

नेकपा एमाले र जनता समाजवादी पार्टी लगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077