Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मालपोत कार्यालय डिल्लीबजारका कार्यालय सहयोगी घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार घुस रकमसहित पक्राउ परेको हो ।

घुस रकम लिइरहेको अवस्थामा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होमनाथ खतिवडालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग पाँच हजार दिनुपर्छ भनी घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगाल कार्यालयबाट खटिएको टोलीले उनलाई उक्त रकमसहित पक्राउ गरेको उनले बताए ।

खतिवडाको साथबाट ती लाख १० हजार रुपैयाँसमेत बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077