Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बम विस्फोट हुँदा अफगानिस्तानमा तीन बालबालिकाको मृत्यु

    बम विस्फोट हुँदा अफगानिस्तानमा तीन बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 780
    SHARES

    फाइल तस्विर

    एजेन्सी । बम विस्फोटमा अफगानिस्तानमा तीन बालबालिकाको मृत्यु भएको छ ।

    पश्चिमी बाघिस प्रान्तमा विगतका युद्धहरूबाट बाँकी रहेको अनफोडेड अर्डनन्सको विस्फोटका कारण तीन बालबालिकाको मृत्यु भएको पुष्टि भएको हो ।



    स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे मुकार जिल्लाको नवावाद क्षेत्रमा केही बालबालिकाले फोहोर जम्मा गर्ने क्रममा खेलौनाजस्तो यन्त्र फेला पारेको र त्योसँग खेल्दा विस्फोट भई तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।



    काला-ए-नाउ अस्पतालका अजमल आतेफ नामका डाक्टरले शुक्रबार बिहान भएको विस्फोटमा आठदेखि १२ वर्षसम्मका तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार