Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

हात्तीको आक्रमणबाट निकुञ्ज कर्मचारीको मृत्यु

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट पर्सामा एकजनाको मृत्यु भएको छ ।

ठोरी गाउँपालिका-५ सुवर्णपुरस्थित पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गतको रामभोरी भठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा करार फणित दर्जामा कार्यरत बारा जितपुर सिमराका ३१ वर्षीय रमेश महराको मृत्यु भएको हो।

निकुञ्जको कामिनी कली नामको हात्ती चराएर हात्तीसारमा बाँध्न लाग्दा हात्तीले गरेको आक्रमण गर्दा महरा घाइते भएका थिए । उनको उपचारकै क्रममा मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

चितवन निकुञ्जबाट प्राविधिक टोली बोलाएर डाट गरी हात्तीलाई नियन्त्रणमा लिने प्रयास भइरहेकोे छ । पोस्टमा २ कामिनी कलीसहित २ हात्ती छ्न ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077