Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

गुल्मी । गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी ४२ वर्षका सूर्यबहादुर कुमालको कुटपिटबाट ४० वर्षकी तालकुमारी कुमालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कात्तिक १ गते श्रीमानको कुटपिटबाट घाइते तालकुमारीको स्थानीय लुम्बिनी वामी हस्पिटल वामीटक्सार, गुल्मीमा उपचार भइरहेको थियो । उनको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमान् र श्रीमतीले मदिरा सेवन गरेर घरायसी झगडा गर्ने गरेको र सोही क्रममा कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सूर्यबहादुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077