Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सत्ता गठबन्धन एकताबद्ध भएर दृढताका साथ अगाडि बढ्नुपर्छ : माधव नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले पुर्याएको गुन तिर्नुपर्ने बताएका छन् ।

विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बेठीक मान्छेको हातमा पुगेको देशलाई संकटबाट बचाउन नयाँ जोखिम लिएको बताए ।

उनले लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन आफूले त्याग गरेको र देशलाई जोगाएको बताए । उनले शेरबहादुर देउवा र प्रचण्डले गरेको संघर्षलाई पनि बर्सन नहुने बताए ।

उनले भने, ‘ शेरबहादुर र प्रचण्डले गरेको संघर्षलाई पनि बर्सन हुँदैन । अहिले अर्को गठबन्धन बनाइएको छ । त्यो प्रतिगामी गठबन्धन हो । त्यसो भएको हुनाले सत्ता गठबन्धन एकताबद्ध भएर दृढताका साथ अगाडि बढ्नुपर्छ ।’

गठबन्धनको उद्देश्य सत्ता मात्रै नभएको उनले बताए । अध्यक्ष नेपालले चुनावपछि घोषणा पत्रका आधारमा काम गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077